×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

झुटमाथि झुट बोल्दै रविन्द्र अधिकारी ! अर्थ सरोकारको क्यामरामा कैद भयो उनले झुट बोलेको प्रमाण ! (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पर्यटनमन्त्री रविन्द्र अधिकारीले पुष २३ गते पत्रकार सम्मेलन गर्दै अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम भएको दाबी गरेका छन् । पत्रकारको प्रश्नको उत्तर दिँदै उनले आफुले लेखापरिक्षकसँग अनौपचारिक कुराकानी गरेको दावीसमेत गरे । उनले सार्वजनिक लेखा समितिमा पनि आफुले अनौपचारिक कुराकानी गरेको बताएको दावी गरे ।
हामीले उनको कुरा भेरिफाइ गर्न पुष १० गते बसेको सार्वजनिक लेखासमितिको बैठकको भिडियो आर्काइभमा खोज्यौं । पत्ता लाग्यो कि उनले झुट बोलेका रहेछन् । किनकि उक्त दिन उनले आफुले महालेखालाई बोलाएर नै छलफल गरेको बताएका छन् । 
उनको पुष १० गते यस्तो बताएलगत्तै पुष ११ गते महालेखापरीक्षकले आफुसँग छलफल नभएको स्पष्टीकरण दिएका थिए । आजको पत्रकार सम्मेलनमा भने उनको झुट छताछुल्ल भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: