×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तर्राष्ट्रिय खोजपत्रकारिता समूहले सार्वजनिक गर्दैछ #NepalLeaks, संकास्पद धनको खुलासा हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि समय अघि सार्वजनिक भएको पानामा पेपर्सजस्तै नेपालबाट शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तराष्ट्रिय खोजपत्रकारिताले गर्ने भएको छ । नेपालिक्स नाम दिइएको उक्त खुलासामा ५४ अर्ब रुपैयाँभन्दा बढि रकम विदेशी बैंकमा रहेको र त्यसमा संलग्‍नहरुको नाम खुलासा हुने खोजपत्रकारिता केन्द्र नेपालले ट्विटमार्फत जानकारी दिएको छ।
पनामा पेपर्स, स्विस लिक्स र अन्तर्राष्ट्रिय खोजपत्रकारिता समूह (आईसीआईजे) मार्फत यसको खोजी गरिएको बताइएको छ । पचासभन्दा बढी नेपाली (व्यापारी र राजनीतिज्ञ लगायत) को नाम रहेको आशंका व्यक्त गरिएको छ। नेपाल ट्याक्स हेभन लिङ्स भनिएको यसको खुलासामा भने ‘नेपालिक्स’ नामाकरण गरिएको छ।
यो वित्तिय अपराधको सबैभन्दा ठूलो खुलासा हुने खोपकेको दाबी छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: