×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसिया बैंकले पायो ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने अनुमति

काठमाडौं : एनआइसी एसिया बैंकले ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकलाई ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति दिएको छ । बैंकले ‘१०% एनआइसी एसिया डिबेन्चर २०८५।८६’ जारी गर्न लागेको हो । कुल ४० लाख इकाईमध्ये १६ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी २४ लाख इकाई भने एनआइसीले अन्य संघसंस्था तथा कम्पनीहरुलाई बिक्री गर्नेछ ।
यसअघि बैंकले ८ लाख इकाई मात्र सर्वसाधारणलाई बिक्री गर्ने भनेको थियो । तर धितोपत्र बोर्डले मुद्रा तथा पुँजी बजार सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै प्राकृतिक व्यक्तिलाई जारी रकमको ४०% ऋणपत्र छुट्याउन अनिवार्य गरेको छ । यसैका कारण एनआइसीले सर्वसाधारणलाई जारी हुने ऋणपत्रको कित्ता बढाएर १६ लाख पुर्याएको हो ।
एनआइसीले यो ऋणपत्रमा वार्षिक १०% ब्याज दिनेछ । १० वर्ष अवधिको यो ऋणपत्र आर्थिक वर्ष २०८५।८६ मा परिपक्क हुनेछ । यसमा नेपाल एसबीआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।बैं
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: