×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सीसीडी रेसियो ८० % माथि पुगेका आधा दर्जन बैंक राष्ट्र बैंकको कारवाहीमा, बैंकर्स संघको योजनामा निर्णय गुपचुप !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल राष्ट्र बैंकले  सीसीडी रेसियो ८० % माथि पुगेका आधा दर्जन बैंकलाई कारवाही गरेको छ । नियम विपरित ८० प्रतिशतभन्दा माथि सीसीडी रेसियो नघाउने ५ बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको हो । ती बैंकहरुलाई नगदी जरिवाना गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । अन्तरबैंक सापटीलाई सीसीडीमा गणना गर्न पाउने व्यवस्था गर्दा पनि सीसीडी रेसियो मेन्टेन गर्न नसक्ने ती बैंकहरुलाई राष्ट्र बैंकले कारवाही गरेको हो । 
तर सीसीडी बढी हुने बैंकलाई राष्ट्र बैंकले गरेको कारवाही बाहिर आएको खण्डमा बैंकर्स संघले गरेको भद्र सहमति तोडिने सम्भावना बढेपछी बैंकर्स संघकै योजनामा राष्ट्र बैंकको उक्त निर्णय भने गुपचुप राखिएको छ । यस अघि पनि केही समयअघि पनि ८० प्रतिशत भन्दा बढी सीसीडी भएका ४ बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको थियो ।
‘६ बैंकलाई कारवाही गरिएको छ । बैंकलाई कारवाही गरिएको कुरा मिडियामा सार्वजनिक गर्नुपर्ने नियम पनि छैन । तर बैंकर्स संघकै अनुरोधमा निर्णय गुपचुप छ । नियम नटेर्नेलाई कारवाही नगरे झन् अराजकता बढ्छ भन्ने कुरा राष्ट्र बैंकले बुझेको छ । क्यास पेनाल्टी लगाएका छौं ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: