×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नागरिक उडड्यन प्राधिकरणको वार्षिकोत्सवमा कसले के भने ? के-के काम गर्दैछ प्राधिकरण ? (भिडियो रिपोर्ट)

  • मल्टिमिडिया ब्यूरो / अर्थ सरोकार डटकम 
सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि गूरु योजना तयार पार्न परामर्शदाता नियुक्त गर्ने तयारी गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि गुरु योजना तयार पार्न एक महिना भित्र परामर्शदाता नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । प्राधिकरणको २०औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो विमानस्थल क्षेत्रको रुख कटानसम्बन्धि कार्यका लागि नेपाली सेनालाई जिम्मेवारी दिने सम्झौता पनि भईसकेको बताए । महानिर्देशक गौतमले सो विमानस्थलको प्रथम चरणको डिटेल डिजाईनको कामको जिम्मेवारी पनि परामर्शदातालाई नै दिने योजना पनि अघि सारे ।
प्राधिकरणले निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अघि नै निर्माण कार्य सम्पन्न गर्ने दावी पनि गरेको छ । महानिर्देशक गौतमले चन्द्रगढी र जनकपुरमा रात्रीकालीन उडान संचालनका लागि आवश्यक तयारी भईरहेको पनि जानकारी दिएका छन् । गाउँगाउँमा हेलिप्याड निर्माण गर्ने सरकारको नीति कार्यान्वयनका लागि ‘हेलिप्याड निर्माण तथा संचालनसम्बन्धि कार्यविधि, २०७५’ तर्जुमा गरि कार्यान्वयनमा ल्याइएको पनि प्राधिकरणले जनाएको छ ।
नेपालमा हाल ५० वटा विमानस्थलहरु रहेका छन । ती मध्ये ३२ वटा विमानस्थलहरुमा नियमित उडान भईरहेको पनि प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: