×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शहिद दिवसका दिन राष्ट्रिय झण्डा च्यातेर रिलायबल लाइफको प्रचार ! कानुनविद् भन्छन्, ‘यो त सरासर अपराध हो’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- माघ १६ अर्थात आज शहिद दिवस । शहिद दिवसको अवसरमा विभिन्न बैंक तथा इन्स्योरेन्स कम्पनीले विभिन्न तस्विर राखेर शहिद दिवसको शुभकामना राखेका छन् । तर यस्तै काम गर्दा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने कानुनले बर्जित गरेको काम गरेर ‘अपराध’ गरेको छ । प्रचलित विभिन्न कानुनमा उल्लेखित राष्ट्रिय झण्डासँग सम्बन्धित कानुनलाई मिचेर रिलायबल नेपाल लाइफले यस्तो अपराध गरेको हो । कानुन अनुसार राष्ट्रिय झण्डालाई बिज्ञापनमा प्रयोग गर्न, च्यात्न वा च्यात्न प्रेरित गर्न, वा च्यातेको इंकित गर्न पाइंदैन । तर रिलायबल नेपाल लाइफले नेपालको राष्ट्रिय झण्डा च्यातिएको तस्विर सार्वजनिक गरेर एकातर्फ कानुन त मिचेको छ नै, अर्कोतर्फ शहिदहरुको अपमानसमेत गरेको छ ।       
कुन कुन कानुनले रोक्छ यसो गर्न ? 
‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कायविधि २०६९’ ले यस्तो काम गर्न नहुने स्पष्ट उल्लेख गरेको छ ।  राष्ट्रिय झण्डा प्रयोग कार्यविधिले मात्र होइन, भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितालेझण्डा वा नेपालको निशाना छाप दुरुपयोग हुनुलाई ‘कसुर’ भनेर व्याख्या गरेको छ । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ वर्षसम्म कैद सजाय तोकिएको छ । अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ २०६९ जेठ २२ गतेदेखि लागू भएको छ, र सो कार्यविधि राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्य गर्न निषेध गरिएको छ । निषेध गरिएका कार्यमध्ये राष्ट्रिय झण्डा च्यात्ने काम पनि हो । यो कानुनको थप व्याख्यामा झण्डा च्यातिएको इंकित गर्नु पनि अपराध हो भनिएको छ ।  
कानुनबिज्ञ भन्छन्,’झण्डाको स्वरूप नै बिगार्नु त सरासर अपराध हो’
यसो त झण्डाका विभिन्न रुपहरु विभिन्न ठाउँमा प्रयोग भएका हुन्छन् । तर प्रचलित कानुनमा झण्डामा सूर्य र चन्द्र देखिनुपर्ने, चन्द्र माथि र सूर्य तल हुनु पर्ने, यसको स्वरूप बिगार्न नपाइने भन्ने स्पष्ट उल्लेख छ । तर रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गरेको बिज्ञापनमा त झण्डाको स्वरूप मात्र बिगारिएको छैन, झन्डा च्यातिएको नै बनाइएको छ । झण्डाका भागहरु च्यातिएर फालिएको इंकित गराइएको यस्तो कार्य अपराध भएको कानुनविदहरुको तर्क छ ।  यस विषयमा बुझ्न हामीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीलाई सम्पर्क गरेका थियौं । तर उनी सम्पर्कमै आएनन् ।     
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: