×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोटो अफ दी डे : सरकारी सवारी साधनको चरम दुरुपयोग, घरका रासन ओसार्न प्रयोग भए सरकारी मोटरसाइकल !

  • फोटो अफ दी डे  
काठमाडौँ- चावहिल एरिया । समयले बेलुकीको ६ बजेको संकेत दिंदै थियो । सरकारी कार्यालय बन्द भइसकेका थिए । तर सरकारी कामका लागि प्रयोग हुन दिइएको सुविधाको दुरुपयोग भएको प्रमाण सडकमा स्पष्ट देखिन्थ्यो । कुनै मालबहाक ट्रक सम्झेर दुरुपयोग गरिएझैं बा १ च ७५१२ नम्बरको मोटरसाइकलले सरकारी सुविधाको चरम दुरुपयोग गरेको देखियो । घरायसी रासन बोकेर बाइक दौडीरहेको थियो । जाममा अरु बाइकहरुलाई पनि डिष्टर्ब हुनेगरी । पछाडी चामल, अगाडी तेलको कार्टुन । जुन सरासर सरकारी सम्पत्तिको दुरुपयोग हो । 
प्रचलित कानुनले सरकारी सुविधाको यसरी दुरुपयोग गर्नु ‘गैरकानुनी’ भन्छ । तर सरकारी जागिरेहरुलाई नियम नलाग्ने यो देशमा कानुनको यसरी पटक पटक खिल्ली किन उडाईन्छ ? यो जटिल प्रश्न हो । अर्थ सरोकारका सम्बाददाताले तस्विर खिचेपछि अलि अगाडी गएर सोधे, ‘दाजु सरकारी साधनको यसरी दुरुपयोग गर्न मिल्छ र ?’ उनी केहि बोलेनन् । बस् आँखा तरेर आफ्नो बाटो लागे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: