×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेल ‘सिए पत्रकारिता सम्मान’द्वारा सम्मानित (भिडियो)

काठमाडौँ-अर्थ सरोकार डटकमका सम्पादकसमेत रहेका पत्रकार सुरज प्याकुरेल सम्मानित भएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आयोजना गरेको ‘सिए कन्फेरेन्स २०७५ का अवसरमा पत्रकार प्याकुरेल ‘सिए पत्रकारिता सम्मान’द्वारा सम्मानित भएका हुन् । बिगत लामो समयदेखि नेपाली लेखा व्यवसायमा पत्रकारिताका माध्यमबाट योगदान दिएको भन्दै उनलाई सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जलस्रोत तथा उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ले उनलाई सम्मान गरेका हुन् । महालेखा परीक्षक टंकमणि शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजिवी नेपाल, नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद आचार्य, र नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)का उपाध्यक्ष दीपक पाण्डेको उपस्थितिमा उनलाई सम्मान गरिएको हो ।
माघ ७ गते होटल याक एण्ड यतिमा नेपाल नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले राष्ट्रिय समृद्धिमा चार्टड एकाउन्टेन्टहरुको भूमिका विषयक विशेष सम्मेलन, ‘सिए कन्फेरेन्स २०७५’ आयोजना गरेको थियो । देशभर विभिन्न क्षेत्रमा कार्यरत सयौंको संख्यामा सिएहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उद्योगी, व्यवसायी, विभिन्न कर्पोरेट क्षेत्रका प्रतिनिधिहरुको समेत बाक्लो सहभागीता थियो । नेपालमा यस्तो कन्फेरेन्स पहिलोपटक आयोजना भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: