×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको नयाँ शाखा थानकोटमा, गिरी, सेजुवाल र उपाध्यायले गरे उद्घाटन

काठमाडौँ – कृषि विकास बैंकले काठमाडौंको थानकोट गुर्जुधारामा २७३औ शाखा संचालनमा ल्याएको छ । बैंकको शाखा समारोहमा चन्द्रागिरी नगरका नगरप्रमुख घनश्याम गिरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्रवहादुर सेजुवाल र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले संयुक्त रुपमा समुद्घाटन गेका छन् । 
समुद्घाटन समारोहलाई सम्वोधन गर्दै नगर प्रमुख घनश्याम गिरीले नगरको विकासमा सरकारी संस्थाहरुको भुमिका महत्वपूर्ण हुने भन्दै कृषि विकास बैंकसँग सहकार्य गर्न तयार रहेको बताए । त्यस्तै बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रवहादुर सेजुवालले कृषि बैंक जनताको बैंक भएकोले यसलाई सुख दुःखको साथीको रुपमा हेर्न आग्रह गरे । उनले विश्वासिलो र भरपर्दो सेवाकोलागि कृषिविकास बैंक नै रोज्नु पर्ने बताएका छन् । 
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकको आधुनिक बैंकिङ सेवाहरुः एटिएम, मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिटेन्स भूक्तानी, डिम्याट खाता, सि–आस्वा आदिको चर्चा गर्दै बैंक आधुनिक युगमा प्रवेश गरेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: