×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर कञ्चनपुरको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा

काठमाडौँ – कञ्चनपुर जिल्लाको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विद्यालयका अध्यक्षले संयूक्त रुपमा औपचारिक उद्घाटन गरे ।
कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, सेवाग्राही तथा सर्वसाधारण उपस्थिति रहेको थियो ।
साथै स्थानीय जनता र विद्यालयको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लाने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले प्रकाश पारे । त्यस्तैगरी बैंकका कामु उपमहाप्रबन्धक चुडामणी तिम्सिनाले देशका यूवाशक्तिलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने बताए ।
कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे । उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. सामान्य सेवा विभागका विभागीय प्रमुख दीर्घबहादुर अर्यालय, क्षेत्रीय कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: