×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरम्भ माइक्रोफाइनान्सको खुद नाफा ४९७.७२% वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – आरम्भ माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको  वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ४९७.७२% वृद्धि गरि ३१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  गत वर्षको यसै अवधिमा ५ लाख २७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ३५.३६% र २९१.६४% वृद्धि गरेको छ । । गत वर्ष १ करोड ८ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यो त्रैमासमा बढाएर १ करोड ४६ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा १८ लाख ८ हजार रुपैयाँबाट बढेर ३४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । 
यो दोस्रो त्रैमासमा संस्थाले १३ करोड १० लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेर ४० करोड ८४ लाख १ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ। 
जगेडा कोषमा २ लाख ६ हजार रुपैयाँ रहेको छ।  जगेडा कोमा १०४.१३% ले वृद्धि भएको हो ।  संस्थाको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ३४ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: