×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको ‘सिएसआर’: महेश सन्यास आश्रमलाई कम्प्युटर, प्रिन्टर, डिजिटल नोटिस बोर्ड लगायतका सामग्री वितरण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकको ‘सिएसआर’: महेश सन्यास आश्रमलाई कम्प्युटर, प्रिन्टर, डिजिटल नोटिस बोर्ड लगायतका सामग्री वितरण

काठमाडौँ – कृषि विकास बैंकले देवघाटको महेश सन्यास आश्रमलाई सहयोग गरेको छ । बैंकले तनहूँको पवित्र धार्मिक स्थल देवघाटमा आयोजित विराट ज्ञानमहायज्ञको एक भव्य समारोहमा महेश सन्यास आश्रमलाई कम्प्युटर, प्रिन्टर, डिजिटल नोटिस बोर्ड लगायतका सामग्री दिएको हो । 
उक्त सामाग्री कृषि विकास बैंकका क्षेत्रिय निर्देशक बाबुकाजी थापाले महेश सन्यास आश्रमका अध्यक्ष रमणानन्द गिरिलाई हस्तान्तरण गरेका हुन् । सो कार्यक्रमको उद्घाटन महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । 
आश्रमका अध्यक्ष गिरिले कृषि विकास बैंकले गरेको यस प्रकारको सहयोगबाट आश्रममा अध्ययनरत विद्यार्थीहरु लाभान्वित हुने बताउंदै यस्तो प्रकारको सहयोग भविष्यमा पनि जारी रहने अपेक्षा गरे । क्षेत्रिय निर्देशक थापाले बैंकले आश्रमलाई यस प्रकारको सहयोग गर्न पाएकोमा बैंक परिवार गौरवान्वित भएको बताए । 
सो अवसरमा गलेश्वर आश्रमका महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरि, हरिहर आश्रमका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी लगायतले हिन्दु धर्म, संस्कृति, यसको महत्व आदिका बारेमा चर्चा गरेका थिए । सो कार्यक्रममा महामहिम राष्ट्रपति भण्डारीले नेपाल बहुधार्मिक, बहुसास्ंकृतिक, बहुभाषिक मुलुक भएको हुनाले सबै जातजातिले मनाउने धर्म र संस्कृतिको रक्षा गरेमात्र मुलुकको पहिचान हुन्छ भन्ने कुरा व्यक्त गरिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: