×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको खुद नाफा ३२.५६% ले वृद्धि गरि कमायो १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ !

काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३२.५६% वृद्धि गरेर १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष यो बैंकले १ अर्ब २ करोड ९१ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३४.६६% वृद्धि भएको छ। गत वर्ष २ अर्ब ६५ करोड १८ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरि बैंकले यस त्रैमासमा बढाएर ३ अर्ब ५७ करोड १२ लाख ५ हजार रुपैयाँ पुर्याएको छ । बैंकले सञ्चालन नाफा पनि १ अर्ब २६ करोड ६ लाख ६१ ह्जार रुपैयाँबाट बढाएर १ अर्ब ७८ करोड ५७ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ ।
यो दोस्रो त्रैमासमा बैंकले १ खर्ब १० अर्ब १० करोड ९२ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ७ अर्ब ३१ करोड २५ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ र जगेडा कोषमा १४ अर्ब २२ करोड १८ लाख ७९ हजार रुपैयाँ जम्मा रहेको छ । 
यता, बैंकको खराब कर्जा ४.५०% रहेको छ भने प्रतिसेयर आम्दानी २८ रुपैयाँ २५ पैसा छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: