अजोड इन्स्योरेन्सको खुद नाफा १ करोड २३ लाख रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

काठमाडौं - अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा १ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले यो दोस्रो त्रैमास सम्ममा कुल ३ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले हालसम्म खुद ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । जीवन बिमा कोषमा ६१ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति जगेडा कोषमा २५ लाख रुपैयाँ राखेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड छ भने जगेडा कोषमा २ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अजोडको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ७२ पैसा छ ।
प्रकाशित मिति : Sunday, February 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal