अख्तियाद्वारा रेन्जर जगविर खत्रीसहित ४ जना १० हजार घुससहित पक्राउ

काठमाडौं - नेपालगन्ज सव–डिभिजन वन कार्यालय, राँझा, बाँकेमा कार्यरत रेन्जर जगविर खत्रीसहित ४ जना घुससहित पक्राउ परेका छन् ।

निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले खत्रीसहित फरेष्टरद्वय बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई १० हजार घुससहित नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० स्थित सुर्खेत रोडबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
प्रकाशित मिति : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal