×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बिबिए सकेर सिनेमामा काम गरें, अरुको कुरामात्र सुनेको भए आज अनिल शाह नबिल बैंकको सीइओ बन्ने थिएन’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अनिल केशरी शाह । बैंकिङ क्षेत्रलाई कर्मथलो बनाएकाहरुका लागि मात्र होइन, बैंकर बन्ने चाहना संगालेकाहरुका लागि पनि परिचित नाम हो यो । अझ कतिका लागि बैंकिङको पर्यायबाची बनेका छन् अनिल शाह । बैंकिङ क्षेत्रमा उनकाबारे मिश्रित दृष्टिकोण हुन सक्छन्, तर समग्रमा उनी धेरैका आदर्श बन्न सफल छन् । सफल बैंकरको उपनाम पाएका अनिल शाहका जीवन अनुभव भने बेग्लै छ । बैंकिङ क्षेत्रजस्तो ‘निरस’ पेशामा सफल भएका उनको जीवनमा थुप्रै ‘रसिला’ प्रेरणादायी बिगतहरु छन्, जसले बैङ्किङमा कही गर्छु भन्नेहरुलाई बाटो देखाउन सक्छ । जीवनमा बैंकर नभएर उनले संगालेका केहि अनुभवहरु त्यस्ता छन्, जसले उद्यमी बन्न खोज्नेहरुका लागि सदा सर्वदा प्रेरणा दिन सक्छ । जीवनमा त्यस्ता केहि आकांक्षाहरु थिए अनिल शाहका जो पूरा नभएकै कारण अहिले पनि मनमा कता कता बिजिरहन्छ । जस्तै उनी चाहेर पनि बन्न नपाएको प्रोफेसनल फोटोग्राफर ।  
उद्यम अनुभव र अनुभूति :
बाल्यकाल सुखद् नै रह्यो उनको । तर बाल्यकालका कतिपय भोगाइहरुले आजको अनिल शाह बन्न प्रेरणा दिएको छ । स्कुले जीवन सक्न ९ वटा स्कुल परिवर्तन गर्नुपर्यो । सुरुमा त नरमाइलो लाग्थ्यो उनलाई । तर उनको यहि भोगाइले उनको परिवर्तनप्रतिको दृष्टिकोण फरक बन्यो । हरेक कुरामा आमाबाबासँग सोध्नुपर्ने संस्कार । तर कहिलेकाहीं आफ्नै मनलाई सोधेर निर्णय गर्नुको मज्जा बेग्लै हुने रहेछ । उनले पनि त्यहि गरेका थिए आफ्नो किशोर अवस्थामा । १६ बर्षको कलिलो उमेर । किशोर अवस्थाका अनेकौं चाहनाहरु । साथीहरु बियर खान्थे, पब जान्थे, १८ बर्ष नपुगेकाले त्यस्तो रमाइलो गर्न पाइएन । तर त्यसैका कारण पढाइ राम्रो बन्यो, सुन्दर करियरको जग बस्यो । २० बर्षमै बिबिए सकियो । एमबिए गर्छु भन्दा कसैले ज्ञान दियो, ‘यो रफ्तारमा हिंडेर के गर्नु छ र ? आखिर अन्तिम सत्य मृत्यु नै हो जीवनको ।’
त्यसपछि उनी नेपाल फर्किए । नेपालमा घुमिरहेका थिए उनी । समय पनि अचम्मको छ । त्यहि अचम्मको समयले उनलाई सायद जीवनमा नसोचेको अवसर दियो । त्यहि समयले उनलाई अमेरिकन सिनेमाको असिष्टेन्ट डाइरेक्टर बनायो । अमेरिकामा बिबिए पढेर आएको छोरो नेपालमा सिनेमा लाइनमा लगेपछि परिवारले सम्झायो उनलाई, ‘पढेको गर।’ त्यसपछि उनको करियर व्यवस्थापन तर्फ लम्कियो । पंचायतकाल थियो, ठकुरीको छोरो । उनलाई जागिर पाउन गाह्रो थिएन । तर उनले पावरका भरमा होइन, आफ्नै बलबुंतामा जागिर खाने सोचे । र सुरु भयो ३५०० रुपैयाँ महिनाको तलवी जागिर ।

यो पनि पढ्नुहोस् ‘१ जना अनिल शाहले त कति नै काम गर्न सक्छ र ? तर पूरै टिम लागेपछि गर्न नसकिने केहि छैन’ (अन्तर्वार्ता)

अनिल केशरी शाहको सन्देश, ‘जागिरे होइन उद्यमी बन्नुहोस्’
आज अनिल शाह नबिल बैंकको सीइओ बनेको छ । तर आजको वर्तमानको जग हाल्न थुप्रै बिगतका अनुभवका इटाहरुले उनलाई साथ दिएका छन् । बैंकर नभएको भए अनिल शाह के हुन्थ्यो होला ? धेरैलाइ लाग्दो हो मनमा । हामीले पनि सोध्यौ ? तर प्रश्न भुइँमा खस्न नपाउंदै उनको उत्तर आयो ‘फोटोग्राफर’। जीवनको आजको खण्ड बैंकर बनेर चलिरहेको छ । बैंकिङबाट बिदा भएर पनि थुप्रै काम गर्ने शोख छ । देश घुम्न मन छ, किताव लेख्न मन छ । देशका बारे धेरै चिन्तन गर्छन अनिल शाह । राजनीतिमा लाग्न नपरे हुन्थ्यो भन्ने छ उनलाई । हेरौं जीवनले कस्तो मोड लिनेछ आउँदा दिनहरुमा । जीवनमा ज्ञान बाड्ने चाहाना छ । आफुले सिकेका कुराहरु अरुलाई सिकाउन मन छ । अनिल शाह जस्तै हुन्छु भन्नेहरु देशमा धेरै छन् । तर उनी भन्छन् जागिर होइन उद्यम गर्ने प्रयास गर्नुहोस्, आफैंलाई जागिर दिनुहोस् । म युवाहरुको यस्तै सफलतामा खुसी हुन्छु । जीवनमा उद्यम गर, अवको जमाना उद्यमको हो । अवको संसार उद्यमीको हो । अनिल केशरी शाहले आज हरेक युवालाई दिन चाहेको सन्देश यहि हो ।
हेर्नुहोस् भिडियो :


अर्थ सरोकार डटकमको भिडियो स्तम्भ ‘उद्यम: अनुभव र अनुभूति’ अग्रजबाट नयाँ पुस्ताले सिक्ने स्तम्भ हो । यो स्तम्भ हरेक साता अर्थ सरोकार डटकममा प्रकाशन / प्रशारण हुन्छ।

कार्यक्रमको अघिल्लो भाग छुटाउनु भयो की ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: