×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमान्डूको खुद नाफा ३३.७१% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३३.७१% ले वृद्धि गरि ७३ करोड ७५ लाख ४० हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी ३५.५४% ले वृद्धि गरेको छ। गत वर्ष १ अर्ब ३० करोड ५२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकले यो त्रैमासमा बढाएर १ अर्ब ७६ करोड ९१ लाख १२ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ७७ करोड ५२ लाख रुपैयाँबाट बढाएर १ अर्ब ४ करोड ८७ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ ।
यता बैंकले ८० अर्ब २१ करोड ८२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड ८३ लाख २ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६ अर्ब १२ करोड ४९ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
यो दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.०८% पुगेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६० पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: