बैंक अफ काठमाडौंले सेयरधनीको खातामै पठाउन थाल्यो ११% नगद लाभांश, नपाउनेले के गर्ने ?


काठमाडौं - बैंक अफ काठमाडौंले सेयरधनीको खातामै ११% नगद लाभांश पठाइदिने भएको छ । पुस २९ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुलाई नगद लाभांश जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि बैंकले भनेको छ । 

लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि मात्र खातामा नगद लाभांश जम्मा हुनेछ ।  बैंकले नगद लाभांश पठाएपछि फेरि लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिनेछ ।
प्रकाशित : Monday, February 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal