×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुटवल पावरको खुद नाफा २२.८८% ले वृद्धि, जगेडा कोषमा कति ?

काठमाडौं – बुटवल पावर कम्पनीको आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा २२.८८% ले वृद्धि गरि ७५ करोड ८२ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद नाफा ६१ करोड ७० लाख ५६ हजार रुपैयाँ आर्जन गरेको थियो । 
यता कम्पनीको सञ्चालन नाफा ११.१५% बढेर ७३ करोड ६३ लाख २४ हजार रुपैयाँ पुगेको छ । कम्पनीलाई अन्य स्रोतबाट ५९ करोड ५ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको छ ।
कम्पनीको सेयर पुँजी २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब २२ करोड ७१ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ । 
यो दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ २१ पैसा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: