सेञ्चुरी बैंकको 'सिएसआर': श्री मर्चवार आर्दश मा.वि.लाई २९५ थान ब्याग हस्तान्तरण


काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंकले श्री पञ्चमीको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आर्दश मा.वि., मझगावां, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ ।

सो ब्याग बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएका छन् । 

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
प्रकाशित : Monday, February 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal