सेन्चुरी बैंकको खुद नाफा ४१.३७% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?


काठमाडौं - सेन्चुरी बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा ५१ करोड ८१ लाख ६८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४१.३७% ले धेरै हो । गत वर्ष यही अवधीमा बैंकको खुद नाफा ३६ करोड ६५ लाख ३१ हजार रुपैयाँ मात्र थियो । 

बैंकले खुद ब्याज आम्दानी ५०.३७% ले वृद्धि गरि १ अर्ब ३३ करोड ९३ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ८९ करोड ६ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा ४१.१५% ले वृद्धि गरि ५२ करोड ४० लाखबाट बढाएर ७४ करोड २ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ ।

यो दोस्रो त्रैमासमा बैंकले ६४ अर्ब १२ करोड ७८ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ८९ करोड ८० लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३४ लाख ३५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६४ करोड ४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

यता, बैंकको खराब कर्जा ०.८४% रहेको छ भने प्रतिसेयर आम्दानी१२ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ भने १२० रुपैयाँ ३४ पैसा रहेको छ ।
प्रकाशित : Friday, February 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal