×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छिमेक लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ८१.६९% वृद्धि हुनुमा यस्ता छन् कारणहरु

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ८१.६९% वृद्धि गरि ३९ करोड २३ लाख ५५ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष संस्थाले २१ करोड ५९ लाख ४३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
छिमेकको खुद ब्याज आम्दानी ३०%ले बढोत्तरी गरेर ८० करोड ७५ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले खुद ब्याज आम्दानी ५८ करोड ५१ लाख ८२ हजार रुपैयाँ आर्जन गरेका थिए । सञ्चालन नाफा ७८.२०% ले वृद्धि गरेको छ। सञ्चालन नाफा पनि ३३ करोड ७५ लाख रुपैयाँबाट वृद्धि गरी ६० करोड १४ लाख ११ हजार रुपैयाँ पुर्याउनको छ । 
 यो त्रैमास सम्ममा सस्थाले  १३ अर्ब १९ करोड ११ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८७ करोड १२ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ५६ करोड ११ लाख ५० हजार रुपैयाँ छ ।
यता बैंकको खराब कर्जा ०.२३% रहेको छ भने प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ १२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: