×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ललितपुर ‘माग्ने मुक्त’ शहर बनाउने मेयर चिरिबाबु महर्जनको घोषणा, यस्तो हुँदैछ तयारी (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरलाई सहयोगापेक्षी सडक मानव (माग्ने) मुक्त बनाउने घोषणा गरेका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महानगरलाई माग्ने मुक्त बनाउनेगरी आवश्यक पूर्वाधार बनाउन थालिएको बताएका हुन् । 
महानगरले सहयोगापेक्षी सडकमानवका लागि आश्रयभवन बनाउने, स्वास्थ्य उपचार गराउने तथा परिवार मिलन गराउने गरि सरोकारवाला निकाय सँग बहुपक्षीय छलफल भैरहेको उनको भनाइ छ । मेयर महर्जनले अहिले काठमाडौँ उपत्यकालाई नै कसरि सहयोगापेक्षी सडकमानव मुक्त बनाउने भन्ने बारे छलफल चलिरहेको पनि खुलासा गर्दै काठमाडौँ उपत्यका भित्रका १६ नगरपालिका र २ महानगरको संयुक्त बैठकमा सहयोगापेक्षी सडकमानवको उचित ब्यबस्थापन गर्दै मुक्त शहर बनाउने प्रस्ताव आफुले लैजाने स्पष्ट पारे । ललितपुर महानगरले आगामी आर्थिक वर्षबाट मानविय र सामाजिक कार्यमा उल्लेख्य बजेट ब्यबस्था गरेर कार्यक्रम बनाउने पनि बताएका छन् ।
ललितपुर महानगरपालिकाले मानव सेवा आश्रमको सहयोगमा सहयोगापेक्षी सडकमानवहरुलाई संकलन गरी आश्रयस्थलमा पठाउने गरेको छ । मानव सेवा आश्रमले आफ्ना विभिन्न शाखाहरुमा करिब १७५० सहयोगापेक्षी सडकमानवको उद्धार गरी आश्रय दिइरहेको छ । यस संस्थाले सडकमा भेटिएका सहयोगापेक्षीहरुको पुनर्मिलन पनि गराउदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: