×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकले गर्यो बैंकिङ सफ्टवेरमा परिवर्तन

सिटिजन्स बैंक इन्टरनेसनलले आजदेखि बैंकिङ सफ्टवेर परिवर्तन गरेको छ । बैंकले कोर बैंकिङ सिस्टममा पुमरी प्लसको ठाउँमा फिनाकल सफ्टवेरको प्रयोग सुरु गरेको हो । विश्वका ४५ वटा मुलुकमा प्रयोग गरिदै आएको फिनाकलको प्रयोगबाट बैंकका ग्राहकहरुलाई थप प्रभावकारी सेवा दिन सकिने बैंकले जनाएको छ । 
फिनाकल र अत्याधुनिक ईन्टरनेट बैंकिङको प्रयोगबाट बैंकद्वारा प्रवाहगरिने सुविधाहरू थपसुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै जाने बैंकले जनाएको छ । 
हाल बैंकले देशैभरी ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहाकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: