×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब बेलायतबाट पनि

काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब बेलायतबाट पनि सुरु भएको छ । यो सेवा सुरु भए लगत्तै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । 
सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेबाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युके को तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको थियो । सिटी एक्सप्रेस नेपालले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: