सिभिल बैंकको 'सिएसआर': बाल विकास समाजलाई एक लाख आर्थिक सहयोग

काठमाडौँ - सिभिल बैंकले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा एक कार्यक्रमबीच बाल विकास समाजलाई एक लाखको चेक हस्तान्तरण गरेको हो । 

उक्त चेक बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेको हो । देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यस सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए । 

बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १०सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ । यस बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेका छ ।
प्रकाशित मिति : Tuesday, February 19, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal