×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकको खुद नाफा ४९.७८% वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – सिभिल बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा  ४९.७८% ले बढोत्तरी गरेर ३५ करोड ९७ लाख १५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले २४ करोड १ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
गत वर्ष ६८ करोड ३६ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकले यस दोस्रो त्रैमासमा ६०.६१% वृद्धि गरी १ अर्ब ९ करोड ८० लाख २७ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ३० करोड ९७ लाख रुपैयाँबाट सुधार गरेर ५१ करोड ९ लाख ३१ ह्जार रुपैयाँ पुर्याइएको छ । 
बैंकले ४३ अर्ब ८ करोड ४५ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ५५ करोड ६ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ७१ करोड ५६ लाख ५८ हजार रुपैयाँ छ ।
यता बैंकको खराब कर्जामा ३.५४% रहेको छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०१ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: