×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिप्रोक्स लघुवित्तको खुद नाफा ६०.२३% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ।  सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ६०.२३% ले वृद्धि गरि १७ करोड ९९ लाख ६१ हजार ७०३ रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष संस्थाले ११ करोड २३ लाख १० हजार १५७ रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
संस्थाले खुद ब्याज आम्दानी २७.६९% बढोत्तरी गरि  ३७ करोड ४८ लाख ७ हजार ३५१ रुपैयाँ पुर्याएको छ । त वर्ष २९ करोड ३५ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो। सञ्चालन नाफा ६५.३०% ले वृद्धि गरि २४ करोड ६ लाख २४ हजार २५ रुपैयाँ पुर्याएको छ।  गत वर्ष संस्थाले  १४ करोड ५५ लाख ६७ हजार रुपैयाँ मात्र सञ्चालन नाफा कमाएको थियो। 
कम्पनीले निक्षेप संकलन २ अर्ब ९५ करोड ६२ लाख ३९ हजार ८१० रुपैयाँ गरी कर्जा लगानी ९ अर्ब २० करोड ३५ लाख ६४ हजार ८४७ रुपैयाँ गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ७० करोड ३१ लाख ४०१ रुपैयाँ छ भने जगेडा कोषमा ६८ करोड ४० लाख ३६ हजार १३० रुपैयाँ छ । 
यता, संस्थाको खराब कर्जा ०.८९% रहेको छ भने प्रतिसेयर आम्दानी ५१ रुपैयाँ १९ पैसा (वार्षिक) रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: