×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दिब्यश्वरी हाईड्रोपावरको २५ लाख ३२ हजार रुपैयाँ नोक्सानमा, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – दिब्यश्वरी हाईड्रोपावर लि.ले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ। सार्बजनिक गरेको विवरण अनुसार कम्पनीको २५ लाख ३२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । यो नोक्सान गत वर्षको तुलनामा ७२.८९% ले कम गरेको हो। गत वर्ष कम्पनीले सोहि अवधिमा ९३ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
गत वर्षको तुलनामा बिजुली बेचेर १८१.८७% बढी आम्दानी गरेको छ । कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ७३ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । जसको खुद मुनाफा ५ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको हाल चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ७ लाख रुपैयाँ नोगेटिभमा राखिएको छ । 
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३.८४ रुपैयाँ नेगेटिभमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६१.८५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६.३० गुणा नेगेटिभ, तरलता अनुपात ०.२३% र बजार मुल्य १०१ रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: