निर्धन उत्थान लघुवित्तको २०% बोनस शेयर डिम्याट खातामा


काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २०% बोनस सेयर सेयरधनीको डिम्याट खाता पठाइदिएको छ । कम्पनीले उक्त लाभांश मंसिर १० गतेसम्म सेयर अभौतिकरण गराएको हकमा जम्मा भएको र सो मितिपछि भौतिक रहेको शेयर अभौतिकरण गराएपछि मात्र खातामा जम्मा गर्ने सूचना कम्पनीले दिएको छ । 

त्यसैले उक्त बोनस पाउनको लागि सेयरधनीहरुले  भौतिक रहेको सेयर अभौतिक गर्नुपर्ने छ । त्यसपछि मात्र खातामा बोनस सेयर जम्मा हुनेछ । कम्पनीको मंसिर २५ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट २०% बोनस र २२.११% नगद गरी जम्मा ४२.११% लाभांश वितरण प्रस्ताव पारित गरेको थियो ।
प्रकाशित मिति : Friday, February 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal