एभरेष्ट इन्सुरेन्सको खुद नाफा २ करोड ५१ लाख ६६ हजार रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

काठमाडौं - एभरेष्ट इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ५.८७% बढेर २ करोड ५१ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले २ करोड ३७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले कुल ३८ करोड ९८ लाख ५७ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ भने हालसम्म १६ करोड ७५ लाख ४९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको खुद बिमा शुल्क १८ करोड ८० लाख ८६ हजार रुपैयाँ पुर्याएको छ भने बिमा कोषमा २० करोड ९४ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

यता, कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड ३३ लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र  प्रतिसेयर नेटवर्थ ४०२ रुपैयाँ ९१ पैसा छ ।
प्रकाशित : Monday, February 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal