एक्सेल डेभलपमेन्ट बैंकले चैत ११ गते बोलायो साधारण सभा, १७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

काठमाडौँ - एक्सेल डेभलपमेन्ट बैंक लि. को वार्षिक साधारण सभा चैत ११ गते हुने भएको छ । बैंकले शनिबार बसेको सञ्चालक समितिको २१७ औँ बैठकले होटल होलिडे होम, बिर्तामोड, झापामा बिहान ११ बजे साधारण सभा बोलाएको छ। 

बैंकले उक्त सभामा आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १७% नगद लाभांश दिने प्रस्ताव पेस गरिने छ । साथै, चुक्ता पुँजीको ५५ % हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेस गर्ने भएको छ। बैंकले सभा प्रयोजनका लागि फाल्गुन २७ गते देखि चैत ११ गते सम्म बुक क्लोज गर्ने भएको छ।

प्रकाशित : Sunday, February 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal