×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी विकास बैंकको खुद नाफा २९.३८% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा २९.३८% ले वृद्धि गरी २६ करोड ५२ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा बैंकले २० करोड ४५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी पनि २२.१४% ले बढेर ५५ करोड ४२ लाख ७५ हजार रुपैयाँ पुगेकोे छ । गत वर्ष गण्डकीले ४५ करोड ३७ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । सञ्चालन नाफा ३०.४१% ले वृद्धि गरी ४० करोड ६१ लाख २३ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकले २६ अर्ब १९ करोड ४० लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ३८ करोड ५४ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८८ करोड ३० लाख ५३ हजार रुपैयाँ छ । 
यसले खराब कर्जा ०.४१% रहेको छ भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ २९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ११ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: