×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी विकास बैंकको नयाँ शाखा भरतपुरको चितवनमा, प्रदेश सभा सदस्य बिजय सुवेदीले गरे उद्घाटन

काठमाडौं – गण्डकी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ११, भोजाड बिशालचोकमा शाखा विस्तार गरेको छ । चितवनका प्रदेश सभा सदस्य बिजय सुवेदीले सो शाखाको औपचारिक उद्घाटन गरेका छन् ।
गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेकोमा सभा सदस्य सुवेदीले खुशी व्यक्त गर्दै गण्डकी विकास बैंक जनमैत्री बोनस भन्ने शुभकामना दिए । बैंकका सञ्चालक बासुदेव त्रिपाठीकोे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सोही महानगरपालिका वडा नं. ११ का वडा सचिव ओम प्रकाश न्यौपाने, बरिष्ठ समाजसेवी तेजेन्द्र बहादुर खडका, धनन्जय शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले जानकारी गराएका थिए । बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले आ.व. २०७५/७६ को दोस्रो त्रैमासमा संचालन मुनाफा करिव रु. ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २६ अर्ब १९ करोड र कर्जा तर्फ रु.२३ अर्ब ३८ करोड पु¥याएको शर्माले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: