×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैकद्धारा मृतक ग्राहकको ऋण मिनाहा

काठमाडौँ – गरिमा विकाश बैंकले मृतक ग्राहकको ऋण मिनाहा गरेको छ । बैंकको शाखा कार्यालय तल्लोगगन गौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३२, तल्लोगगन गौडा निवासी ४२ बर्षका जित बहादुर बिक सुनारको असामायिक मृत्यु भएकोले बैंकले स्व. सुनारको नाउँमा बाँकी रहेको कर्जाको साँवा तथा ब्याज रकम १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ मिनाहा गरेको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरि स्व. सुनारकी धर्मपत्नी सुमन बिक सुनारलाई १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ बराबरको चेक हस्तन्तरण गरेको छ । बैंकले लघुबित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई औषधि उपचार खर्च, दैवि प्रकोप खर्च, क्रिया खर्च, शैक्षिक प्रोत्साहन खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्च समेत दिदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: