×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा आक्रामक बन्दै गरिमा विकास बैंक, एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

शाखा विस्तारमा आक्रामक बन्दै गरिमा विकास बैंक, एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ – गरिमा विकास बैंकले फाल्गुन ५ गते चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा कार्यालयका औपचारिक समुद्घाटन गरेको छ । टाँडी नयाँ शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिला चन्द सिंहले गरेका थिए ।
साथै, बैंकले फागुन ५ गते नै चितनवको टाँडी र कञ्चनपुरको महेन्द्रनगर संगसंगै नुवकोटको बट्टार, लमजुङको बेसीशहर, बाँकेको चप्परगढी, र सुर्खेतको बीरेन्द्रनगरमा समेत नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 
हाल बैंकले देशभर ७२ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ भने निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जापर्साको बीरगञ्ज र दाङ्गको तुल्सीपुरमा समेत नयाँ शाखा कार्यालय खोल्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: