घलेम्दी हाइड्रोपावरको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

काठमाडौं - घलेम्दी हाइड्रोपावरको सेयर कारोबार खुला भएको छ । नेप्सेले कम्पनीलाई  पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपन रेन्ज प्रदान गरेको छ । कम्पनीको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।

कम्पनीले नेप्सेमा कारोबारका लागि जीएचएल संकेत पाएको छ । घलेम्दी हाइड्रोले १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ निष्कासन गरेको थियो । यो आइपीओ माघ १ गते बाँडफाँट भएको हो । घलेम्दी हाइड्रो लिमिटेडको सेयर व्यवस्थापनको काम भिबोर क्यापिटलले गरेको हो ।
प्रकाशित मिति : Sunday, February 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal