ग्लोबल आइएमइ बैंकमा आगलागी

  • अर्थ सरोकार सम्बाददाता 
नारायणगढ- नारायणगढको शहीदचोकमा रहेको ग्लोबल आइएमई बैंकको शाखामा आगलागी भएको छ । आज अपराह्न ३ बजे बैंकको शाखामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद रेग्मीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो ।

स्थानीयवासी र दमकलको सहयोगले आगो निभाई सकिएको छ । ३ बजेबाट सुरु भएको आगलागी करिव ४५ मिनेटको अवधिमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट बैंकका फर्निचर र कम्प्युटर जलेका छन् । 

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।
प्रकाशित मिति : Thursday, February 28, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal