×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीच व्याजमा ५०% अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता

काठमाडौं – ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५०% अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैंकलाई भुक्तानी गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरे पश्चात बैंक नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग गर्न पाउने छ ।
हाल बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: