×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्रीनलाइफ हाइड्रोपावरको १८ लाख कित्ता आइपिओ मंगलबारदेखि आउँदै, कहाँ जाने भर्न ?

आपिओ नोटिस :
कम्पनी : ग्रीनलाइफ हाइड्रोपावर कम्पनी
खुला हुनेको मिति : मंगलबार, माघ २२ गते
कित्ता : १८ लाख कित्ता 
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : २० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ९ हजार कित्ता
विवरण : 
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले १८ लाख कित्ता आइपिओ मंगलबार (माघ २२ गते)देखि बिक्रि खुल्ला हुने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् । 
जसमा समूह क, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बुका बासिन्दालाई ५ लाख ४० हजार कित्ता (३०%) तथा समूह ख, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४०%) कित्ता सेयर छुट्याइएको छ । 
यस्तै समूह ग, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु, वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता (३०%) सेयर छुट्याइएको छ । यसमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने फागनु २७ गतेसम्म भर्न सकिनेछ ।
ग्रीनलाइफले हाल दोलखा जिल्लामा १ मेगावाटको खानीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । ग्रीनलाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
आवेदन दिन सकिने शाखाहरु :
काठमाडौं क्यापिटल मार्केट, काठमाडौँ 
सेन्चुरी कमर्सियल बैंक सिंगटी र चरीकोट शाखा,
प्राइम बैंकको जिरी अनि बैतेश्वर शाखाबाट
ग्रीनलाइफको आयोजन स्थलबाटै पनि आवेदन दिन पाइने 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: