×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँको ‘इमर्जिङ’ सिए फर्म धनगढीको ‘इमर्जिङ मार्केट’मा, ६ तस्विरमा हेर्नुहोस् एचडिएसडिको शाखा उद्घाटन (फोटो-कथा)

  • सुदुरपश्चिम प्रदेश ब्यूरो / अर्थ सरोकार डटकम 
धनगढी – केहि समय अगाडीमात्र थप फरक र ‘एग्रेसिभ’ रुपमा अगाडी बढ्ने योजनासहित बजारमा आएको सिए फर्म एचडिएसडि एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सले आफ्नो सेवा सुदुरपश्चिम प्रदेशमा समेत विस्तार गरेको छ । शनिबार एक कार्यक्रमका बीच एचडीएसडीको सुदुरपश्चिम शाखा उद्घाटन गरिएको हो । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उद्घाटन गरेको उक्त सिए फर्मको उद्घाटन कार्यक्रममा उक्त सिए फर्मका सबै पार्टनरकोसमेत उपस्थिति थियो ।
यसो त यस्तो प्रयास नेपाली सिए क्षेत्रमै पनि नौलो प्रयोग हो । मुलुक प्रादेशिक ढाँचामा गएको अवस्थामा त्यसलाई ‘इनक्यास’ गर्ने र प्रादेशिक रुपमा रहेका विभिन्न उद्योग, र व्यवसायीमाझ आफ्नो सेवा विस्तार गर्न फर्मले सुदुरपश्चिमको शाखा खोलेको हो ।
साथै उक्त सिए फर्मले देशैभरी शाखा विस्तार गर्ने लक्ष्य राखेको चार्टड एकाउन्टेन्ट दीपक पाण्डेले बताएका छन् । उक्त सिए फर्ममा हेम काफ्ले, दीपक बोहोरा, सागर बगाले र दीपक पाण्डे मुख्य सञ्चालक छन् । खुलेको केहि समयभित्रै उक्त सिए फर्मले आफ्नो सेवा धनगढीमा पनि विस्तार गरेको हो । उक्त सिए फर्मले धनगढीमासमेत आफ्नो सेवा विस्तार गरेपछि अव धनगढीका सेवाग्राहीहरुलाई थप सजिलो हुने विश्वास फर्मले लिएको छ । सुदुरपश्चिम प्रदेशको धनगढी लगायतका आशपासका ठाउँहरुलाई ‘इमर्जिङ बिजनेश मार्केट’का रुपमा हेरिएको छ । हेरौं कार्यक्रमका केहि झलक :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: