होन्डाको 'डियो' चलाउनुहुन्छ ? होसियार ! अर्काको चावीले पनि यसरी खुल्छ तपाईंको स्कुटर ! (भिडियो)

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- हामीले अर्थ सरोकारको अघिल्लो अंकमा होन्डाको 'एभीएटर' स्कुटर असुरक्षित रहेको ग्राहकको गुनासो प्रस्तुत गरेका थियौं । होन्डाको एउटा स्कुटरको चावीले अर्को स्कुटरको डिकी खुलेको हामीले स-दृश्य प्रमाणसहितको रिपोर्ट प्रस्तुत गरेपछि सामाजिक संजालमा धेरैले आफ्नो स्कुटरमा पनि त्यस्तै समस्या भएको बताईरहेका थिए । यसैबीच कतिपयले त आफ्नो बाइकको चावीले स्कुटरको डिकीमात्र होइन स्कुटर नै खुलीरहेकोसमेत बताईरहेका थिए ।

'आखिर कसको स्कुटरमा त्यस्तो समस्या छ त ?' हामी खोजी गरिरहेका थियौं । नभन्दै काठमाडौँको दरबारमार्गका दुइ होन्डाका ग्राहकले अर्को स्कुटरको चावीले आफ्नो स्कुटर खुलीरको गुनासो हामीसँग गरे । त्यसपछि हामी पनि कुरा के रहेछ भनेर बुझ्न गयौं । नभन्दै हो रहेछ । होन्डाको 'डियो' स्कुटरमा पनि होन्डाको एभिएटरजस्तै समस्या रहेछ । अझ एभिएटरमा त स्कुटरको डिकीमात्र खुलेको थियो, होन्डाको डियोको कतिपय स्कुटरमा त एउटा स्कुटरको चावीले अर्को स्कुटर नै खुल्दो रहेछ । यो हेर्नुहोस् ।

अझ तपाईंलाई पत्यार लागेन भने अझै एक पटक हेर्नुहोस् कसरी होन्डाको एउटा स्कुटरको चावीले अर्को स्कुटर खुलिरहेको छ । यसो त झट्ट सुन्दा यो पत्याईहाल्ने विषय पनि होइन । तर भोग्नेलाई थाहा छ, होन्डाको एभिएटर स्कुटरको डिकी कतिसम्म असुरक्षित छ । र भोग्नेलाई यो पनि थाहा छ, अर्काको स्कुटरको चावीले आफ्नो स्कुटर खुल्छ भन्ने थाहा पाउँदा कतिसम्म जोखिम मोलेर स्कुटर चलाउनुपरेको छ भनेर ।

हामीले यो कार्यक्रम छायांकन गर्दा पनि त्यस्तै भयो । हामीले होन्डाको एउटा स्कुटरको चावीले होन्डाको अर्को डियो स्कुटर खुलीरहेको छ भन्ने तथ्य छायांकन गरिरहँदा हामीलाई हेरिरहेकी होन्डाकै स्कुटर चलाउने एक ग्राहकले आफैंले चेक गर्छु भनिन् । र हामीले त्यो पनि खिच्यौं ।

होन्डाले यो समस्यालाई सामान्य भन्छ । पूरानो भएपछी होन्डाको कुनै पनि मोटरसाइकल कुनै अर्को चावीले खुल्ने तर्क गर्छन् होन्डाका सेल्स मेनेजर । तर कम्पनीले आफ्ना 'प्रोडक्ट'का यी डी फेक्टहरुबारे आफ्ना ग्राहकलाई केहि भनेको छैन । स्कुटर कति पूरानो भएपछी यस्तो समस्या आउँछ त ? कति चढेपछी होन्डाको स्कुटरको सुरक्षाको आयु सकिन्छ त ? यो प्रश्नको उत्तर स्वयम् होन्डाको नेपालको विक्रेतासँग छैन । र त भगवान भरोसामै चलाउनु परेको छ होन्डाका स्कुटरहरु !

यो पनि हेर्नुहोस् :
होन्डाको एभिएटर स्कुटर असुरक्षित रहेको प्रमाणसहितको अर्थ सरोकार डटकमको अघिल्लो भाग 
प्रकाशित मिति : Monday, February 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal