इन्फिनिटी माइक्रोफाइनान्स ६ लाख ७४ हजार कित्ता आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं - इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ लाख ७४ हजार कित्ता आइपीओ आउने भएको छ।कम्पनीले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । 

कम्पनीकोे आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ ।
प्रकाशित : Monday, February 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal