×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकको लुट-२ : कर्मचारीबाटमात्रै बार्षिक करोडौं गैरकानुनी असुली, उल्टै बैंकको यस्तो दादागिरी (प्रमाणसहित)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जनता बैंक नेपाल लिमिटेडले बैंकबाट जागिर छोडेकाहरुबाट चर्को रकम असुली गरेको प्रमाणसहितको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि बैंकले यसरी थुप्रै कर्मचारीहरुलाई ठगी गरेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ ।  यतिसम्मकि बैंकमा काम गर्ने वातावरण पनि नमिलाउने र बैंकमा बस्ने नसक्ने भएर जागिर छोड्दा चर्को रकम गैरकानुनी रुपमा असुली नगरी बैंकबाट रिलिज लेटर नै नदिने गरेकोसमेत पाइएको छ ।
जनता बैंकका कर्मचारीका पीडा ‘न बैंकमा बस्ने वातावरण, न छोड्न सजिलो !’
साना तहमा रहेका कर्मचारीहरुलाई मात्र होइन, बैंकले व्यवस्थापन तहमा रहेका कर्मचारीहरुलाई पनि लुट्ने गरेको पाइएको छ । यस्तै जनता बैंक लिमिटेडमा बस्ने नसक्नेगरी प्रेसर दिइएपछि जागिर छोड्न बाध्य भएका एक कर्मचारीको ७ लाख २६ हजार ११० रुपैयाँ बैंकले खाइदिएको छ । ‘जनता बैंकमा काम गर्न सक्ने स्थिति नै भएन । अनावश्यक प्रेसर उस्तै । त्यहि भएर बैंक छोड्ने निर्णय गरें ।’ बैंकले ठुलो रकम खाइदिएको गुनासो गर्दै ती कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘जनता बैंकबाट माथिल्लो पदमा रहेकाहरुले जागिर छोड्नेहरुमध्ये अधिकांसले अन्त राम्रो अवसर पाएर होइन, बरु बैंकमा काम नै गर्न नसक्ने अवस्था भएपछि बैंक छाडेका छन् ।’ उनले भने । पीडीत कर्मचारीका अनुसार जनता बैंकबाट जागिर छोडेकाहरुको रेकर्ड हेर्ने हो भने पत्ता लाग्छ ।
बैंकको गोप्य स्रोतले दिएको जानकारी अनुसार बैंकमा एचआर प्रमुख रहेकी रीतु न्याछोन र एजिएम तहमा रहेका पवन ढकालले बैंक छोडेर अन्त बैंक नगई बसेका छन् । यसको अर्थ उनीहरुले अन्त राम्रो अवसर पाएर होइन, बरु बैंकमा काम नै गर्ने वातावरण नभएपछि जागिर छोडेका पीडीत कर्मचारीहरुको दावी छ । महिनाको झन्डै २ लाख बढी तलव खानेहरुले बैंकको जागिर छोडेर अन्त बैंकमा समेत नजानुले बैंकभित्र काम गर्ने वातावरण कतिसम्म कमजोर छ भन्ने प्रमाणित भएको पीडीत कर्मचारीहरुको भनाइ छ । 
बर्षमा १०० बढीले छोडे जनता बैंक, करोडौं रकम कर्मचारीबाट असुली 
यता जनता बैंकमा काम गर्ने वातावरण नभएपछि बिनय रिमाल, (एचआर प्रमुख), तिलक लदौरी (क्रेडिट एडमिनिस्ट्रेसन हेड)ले पनि यस अगाडी जागिर छोडेका थिए । बैंकमा काम गर्ने वातावरण नभएपछि अहिले थुप्रैले बैंक छोड्ने तयारी गरिरहेका छन् भने कतिपयले पैसा काट्ने जनताको चलनका कारण १ बर्ष कुरेर बसेका छन् । पछिल्लो तथ्यांक हेर्ने हो भने एक बर्षमै १०० भन्दा बढी कर्मचारीले बैंक छोडेका छन् । औसतमा एक जनाबाट ३ लाख असुलेको बैंकले बर्षको झन्डै ३ करोड रुपैयाँ कर्मचारीहरुबाट असुल्ने गरेको पाइएको छ । घुमुवा टोले गुण्डाहरुले हप्ता असुली गरेकोजसरी बैंकले यसरी कर्मचारीहरुबाट गरेको गैरकानुनी असुलीले एकातर्फ बैंक बदनाम हुँदै गएको छ भने बैंकको यो चाला हुँदा र यस्ता थुप्रै गुनासोहरु नेपाल राष्ट्र बैंकको गुनासो व्यवस्थापन समितिमा जाँदा पनि राष्ट्र बैंक चुप लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
अर्थमन्त्रीको मान्छे भन्दै जनताका सीइओसँग राष्ट्र बैंकनै थुरुरु !
अझ अचम्मको कुरा त के छ भने नेपाल राष्ट्र बैंकको गुनासो व्यवस्थापन इकाईमा पनि जनता बैंकले आफ्नो पसीनामाथि लुट मच्चाएको भन्दै कर्मचारीहरुले उजुरी गरिरहेका छन् । तर अर्थमन्त्रीका नजिकका व्यक्ति मानिएका बैंकका सीइओ परशुराम कुँवरलाई राष्ट्र बैंकको उक्त समितिले केहि नगर्दा जनता बैंकको असुली झन् बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा नै जनता बैंकको एक शाखाका शाखा प्रबन्धक भएको थाहा पाएका राष्ट्र बैंकका कर्मचारीहरुले यहि कारण पनि जनतामाथि कुनै पनि कारवाही गर्न नसकेको राष्ट्र बैंककै केहि उच्च अधिकारीहरुले स्वीकार्ने गरेका छन् । 
‘राष्ट्र बैंकले पत्र काटेजस्तो गर्छ । जनता बैंकबाट उल्टै प्रमोसन खानमात्र हाम्रोमा केहि व्यक्ति आएको जस्तो तल्लो स्तरको टिप्पणी गरेर जवाफ पठाइएको छ ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसंग भने, ‘यसअघि कैलाश बिकास बैंकको यस्तै उजुरीमा राष्ट्र बैंकले असुल गरिएको तलव फिर्ता दिन निर्देशन दिएको थियो । तर उही घटनामा जनता बैंकलाई केहि पनि गरिएन । जनता बैंकले कर्मचारीको पसीनामाथि लुट मच्चाईरहेको कुरा राष्ट्र बैंकलाई पनि थाहा छ । तर अर्थमन्त्रीका नजिकका व्यक्ति जनता बैंकका सीइओ भएकै कारण राष्ट्र बैंकले कारवाही गर्न सकेको छैन । वाणिज्य बैंकहरुका लागि आफैंले बनाएको नियम आफैं नटेर्ने राष्ट्र बैंकको गुनासो व्यवस्थापन इकाई कतिसम्म निकम्मा छ भन्ने प्रमाणित हुँदै गएको छ । हामीले पनि किन पंगा लिने बेकार भनेर चुप लागेका छौं । जनता बैंक दादागिरी देखाईरहेको छ, हामी टुलुटुलु हेर्न सिवाय केहि गर्न सक्दैनौँ’ उनले भने । 
गुनासो व्यवस्थापन इकाईमा उजुरी नै उजुरी हेर्नुहोस् उजुरीको एउटा प्रतिनिधि घटना !
मिति: १० -०९-२०७५
गुनासो व्यवस्थापन इकाई
बैंक तथा वित्तीय संस्था नियमन विभाग
नेपाल राष्ट्र बैंक
बालुवाटार, काठमाडौं।
विषयः जनता बैंक नेपाल लि. द्वारा राजिनामाको बखत नियम विपरित रकम असुल गरि खाताबाट कट्टा गरेको सम्बन्धमा ।
महाशय,
म … (घटना संवेदनशीलतालाई ख्याल गरी पीडीतको नाम उल्लेख नगरिएको) ले मिति २१-१०-२०७४ गतेका दिन देखि जनता बैंक नेपाल लि. को प्रबन्धक तहमा तलब तथा भत्ता समेत गरि मासिक रु १,३४,९९४ पाउने गरि नियुक्त भई कार्यरत थिएँ । तर मेरो व्यक्तिगत कारणले गर्दा मैले सो जनता बैंक नेपाल लि. बाट एक महिनाको पूर्व सुचना दिई राजिनामा पेश गरि मिति १५-०८-२०७५ बाट लागु हुने गरि स्वीकृति गराएको जानकारी गराउदछुँ । म जनता बैंक नेपाल लि. मा करिब ७ महिना कार्यरत रहदा मैले आयकर पश्चात तलब तथा भत्ता वापत कुल रकम रु ७७०,४६० प्राप्त गरेको थिएँ ।
कर्मचारीहरुले नियमानुसार कुनै संस्थालाई घात नपु¥याई राजिनामा गर्नु कुनै पनि कर्मचारी जिवनको एक नियमित प्रकृया हो र उसको अधिकार पनि हो र मैले यसै प्रकृया अनुरुप जनता बैंक नेपाल लि. को सेवाबाट राजिनामा दिएको पनि हुँ । तर जनता बैंक नेपाल लि. ले आफ्नो कर्मचारी सेवा विनियमावलीमा नभएको तथा श्रम ऐनको प्रावधान-मर्म विपरित मबाट तल उल्लेख भए बमोजिमको नियम विपरितको बक्यौता रकम चुक्ता गर्ने शर्तमा मेरो राजिनमा स्वीकृति गरेको र मैले सो बैंकबाट release letter तथा experience letter प्राप्त गर्नको लागि सो विनियमावली तथा ऐनको विपरित हुने बक्यौता रकम चुक्ता गर्नै पर्ने बाध्यत्मक स्थिति म माथि सृजना भई मिति ०८-०९-२०७५ मा मेरो बैंक खाताबाट कुल रकम रु ७२६,११० कट्टा गरिएको र म अन्यायमा परेको यहाँ समक्ष जानकरी गराउदछु ।
जनता बैंक नेपाल लि. ले आफ्नो कर्मचारी सेवा विनियमावलीमा नभएको तथा श्रम ऐनको प्रावधान-मर्म विपरित म बाट असुल गरेको रकमको विस्तृत विवरण तल बुँदा गत रुपमा पेश गरेको छु :
(क) जनता बैंक नेपाल लि. को नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरिएको कर्मचारी सेवा विनियमावलीमा बैंकको सेवामा प्रवेश गरेको निश्चित अवधि भित्र बैंकको सेवाबाट राजिनामा दिंदा निश्चित रकम असुल उपर गर्ने प्रवाधान कहि कतै पनि उल्लेख गरिएको छैन । तर मलाई नियुक्ति पत्र दिंदा सो पत्रको बुदाँ नं १४ मा तहाँबाट स्वीकृत गरिएको कर्मचारी सेवा विनियमावलीमा नभएको व्यवस्था उल्लेख गरि दुई वर्ष अवागै सो बैंक छोडेको भन्ने कारण देखाई मलाई अन्यायमा पारि म बाट ३ महिना बराबरको तलब मासिक रु १४६,९९४ को दरले जम्मा रु ४४०,९८२ असुल गर्ने निर्णय गरि मेरो बैंक खाता बाट मिति ०८र०९र२०७५ गते कट्टा गरेको जानकारी गराउदछु ।
(ख) श्रम ऐन २०७४ को दफा १४४ मा निम्न व्यवस्था उल्लेखित छ :
कर्मचारीले रोजगार सम्बन्ध अन्त्य गर्नुअघि रोजगारदातालाई देहाय बमोजिमको सूचना दिनुपर्नेछ : 
(१) चार हप्तासम्मको रोजगारीको हकमा कम्तीमा एक दिन अगावै, 
(२) चार हप्तादेखि एक वर्षसम्मको रोजगारीको हकमा कम्तीमा सात दिन अगावै, र 
(३) एक वर्षभन्दा बढी अवधिको रोजगारीको हकमा कम्तीमा तीस दिन अगावै
कर्मचारीले माथि उल्लेख भए बमोजिम रोगारदातालाई सूचना नदिई रोजगारी अन्त्य गरेमा त्यसरी सूचना दिनु पर्ने अवधिको पारिश्रमिक बराबरको रकम रोजगारदाताले सम्बन्धित कर्मचारीले पाउने पारिश्रमिकबाट कट्टा गर्न सक्नेछ ।
यस सम्बन्धमा मैले राजिनामा पत्र मिति १६-०४-२०७५ मा बुझिएको र राजिनामा स्वीकृत भएको मिति १५-०५-२०७५ भन्दा ३१ दिन अघिको पूर्व जानकारी प्राप्त भएको भनि अभिलेख गरि माथि उल्लेखित श्रम ऐनको दफा १४४ को विपरित (म जनता बैंकमा करिब ७ महिना मात्र कार्यरत रहेको) ३१ दिनको पूर्व जानकारी हुनुपर्छ भन्ने कारण देखाइ ५९ दिन बराबरको मासिक तलब रु १४६,९९४ को दरले जम्मा रु २८५,१२८ असुल गर्ने निर्यण गरि मेरो बैंक खाता बाट मिति ०८र०९र२०७५ गते कट्टा गरेको जानकारी गराउदछु ।
एक तर्फबाट हेर्दा बैंकलाई श्रम ऐन को दफा १४४ मा उल्लेख गरेको अधिक्तम समय बराबरको पूर्व जानकारी पनि गराएको र अर्का तर्फ बाट हेर्दा मैले तलब बुझ्दा मासिक रु १,३४,९९४ मा आयकर कट्टा गरि बुझेको र बैंकले म बाट असुल गर्दा भाद्र २०७५ बाट बढेको मासिक तलब रु १४६,९९४ को दरले कट्टा गरेको देखिन्छ। यसरी बैक जस्तो संस्थाले देशको कानुन र नियमक निकायबाट स्वीकृत भएको विनियमावली बमोजिम कार्य गरि संस्थागत सुशासन कायम गर्नु पर्नेमा कानुन र आफ्नै विनियमावलीको उचित सम्मान समेत नगरि आफ्नै विनियमावलीे विपरितको कार्य गरि कर्मचारीलाई अन्याय गर्नु र देशको कानुन विपरितको कार्य गरि एक समान्य नगरिक माथि अन्याय हुनु कहि कतैबाट उचित देखिन्न । म एक सामान्य कर्मचारी जसले आफ्नो तलबको भरमा नै आफ्नो लगायत परिवारको जिविकोपार्जन गर्दै आएकोमा यसरी नियम विपरित असामान्य रुपमा ५ महिनाको तलब तथा भत्ता कट्टा गर्दा म साच्चैनै मर्कामा परेको र म माथि ठूलो अन्याय भएकोले तहाँबाट उचित न्यायको अपेक्ष गर्दै यो निवेदन पेश गरेको छु।
साथै यसै बिषयसँग सम्बन्धित नियुक्ती पत्र, राजिनमा स्वीकृति पत्र र जनता बैंकको ज्च् म्भउबचतmभलत बाट रु ७२६,११० कट्टा गर्ने झबष् िर द्यबलप क्तबतझभलत को प्रतिलिपि यसै पत्र साथ संलग्न गरिएको जानकारी गराउदछु।
धन्यवाद । 
निवेदक
किन बोल्न मान्दैनन् जनताका सीइओ ?
यस विषयमा बुझ्न हामीले पटक पटक जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरसँग सम्पर्क गर्यौं । तर सीइओ कुँवरले कहिले पछी कुरा गर्छु भन्दै यस विषयमा बोल्न मानिरहेका छैनन् भने कतिपय पटक सम्पर्कमै आएका छैनन् । यसले पनि बैंकले आफ्नो गल्ती लुकाउन कुन हदसम्म प्रयास गरिरहेको छ भन्ने पुष्टी हुन्छ ।   
के छ राष्ट्र बैंकको नियम ?
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई जारी गरेको नियममा १ महिनाको पूर्व सूचना विना कर्मचारीले राजिनामा दिएमा एक महिनाको तलव कट्टा हुने व्यवस्था छ । अझ उक्त नियममा सीइओले चाहेमा यो बाध्यकारी नियम होइन भन्ने पनि उल्लेख गरिएको छ । तर यो नियम विपरित जनता बैंकले आफ्ना कर्मचारीहरुलाई १ बर्षभित्र जागिर छोडेमा ३ महिनाको तलव काटिने शर्त राखेर नियुक्तिपत्र थमाएको देखिन्छ । अव कुरा उठ्छ, कुनै कर्मचारीले ३ महिनापछि अरु बैंकमा त्यहाँभन्दा जागिर पायो, वा बैंकमा काम गर्ने वातावरण नै मिलेन भने के हुन्छ ? यसरी त बैंकले दिएको तलव सबै बैंकलाई नै फिर्ता दिनुपर्ने अवस्था देखियो । यसरी बैंकले सरासर नेपाल राष्ट्र बैंकको नियम विपरित नियुक्ति पत्र दिएको देखिन्छ भने अर्कोतर्फ ३ महिना काम गराएर ३ महिनाकै तलव कट्टा गर्ने कामले बैंकमा चरम श्रमशोषण भइरहेको बुझ्न गाह्रो छैन ।
श्रम अदालत जाँदै पीडीत, अर्थ सरोकार निरन्तर फलोअपमा !
बैंकले गैरकानुनी रुपमा रकम असुली गरेपछि पीडीत कर्मचारीहरु श्रम अदालत जाने तयारी गरिरहेका छन् । जनता बैंक पीडीत कर्मचारीहरुको समूह नै बनाएर उनीहरु श्रम अदालत जाने, बैंकको लुटबारे सार्वजनिक रुपमा जानकारी दिने लगायतका कार्यक्रमहरुको तयारी भइरहेको एक पीडीत कर्मचारीले अर्थ सरोकार डटकमसँग भनेका छन् । यस विषयमा अर्थ सरोकार डटकम निरन्तर फलोअपमा रहनेछ ।   
यो पनि पढ्नुहोस् :

राष्ट्र बैंकको नियम विपरित नियुक्तिपत्र थमाएर यसरी कर्मचारीलाई लुट्छ जनता बैंक ! (प्रमाणसहित)

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: