×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ९०.२५% वृद्धि हुनुमा यस्ता छन् कारणहरु

काठमाडौं – जनता बैंक नेपालले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ९०.२५% वृद्धि गरि ६३ करोड ४६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ३३ करोड ३५ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी ४७.८६% ले बढाएर १ अर्ब ५८ करोड २१ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड २५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । सञ्चालन नाफामा पनि ६६.५३% वृद्धि गरि १ अर्ब ७६ करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । 
यो दोस्रो त्रैमासमा बैंकले ६८ अर्ब ४३ खकरोड ८४ हजार २३ रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्ब ६५ करोड १० लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३ करोड ८६ लाख ७६ हजार रुपैयाँ जम्मा रहेको छ । यो गत वर्षको तुलनामा १६९.२१% ले धेरै हो। 
यता, बैंकले खराब कर्जा १.५३% रहेको छ भने प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: