×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाखा विस्तारमा आक्रामक बन्दै ज्योति विकास बैंक, एकैसाथ ५ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ – ज्योति विकास बैंक लिमिटेडले बुधबार ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको बोडेमा, काभ्रेको बनेपामा तथा काठमाडौं जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा गरि एकैदिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको हो ।
बोडे शाखाको उद्घाटन मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्णमोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका छन् । साथै, बनेपा शाखाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
त्यसैगरि, साखुँ बजारमा रहेको नयाँ शाखा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठले र कीर्तिपुर शाखाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् ।
साथै, चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले गरेका छन् । सो अबसरमा डेपुटी गर्भनर श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिँदै डिजिटल भुक्तानी तिर अग्रसर हुँदै वित्तीय साक्षरतामा समन्वय गर्न आग्रह गरेका छन् । साथै, स्थानीय जनप्रतिनिधीहरुलाई पनि बैकहरुसँग सहकार्य गर्दै देश समृद्व बनाउने अभियानमा लाग्न अनुरोध गरेका छन् ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हाल बैंकको चुक्तापुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यस बैकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ । त्यसपछि बैंकको चुक्तापुँजी ३ अर्ब १० करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा जारी छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: