×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा १९.७१% गिरावट, यस्तो छ घट्नुका कारण

काठमाडौं – ज्योति लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दास्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६ करोड ४४ लाख ६३ हजार रुपैयाँ  कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १९.७१% ले कम हो । गत वर्ष कम्पनीले ८ करोड २ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको व्यवस्थापन खर्च ४१७.४२% ले भएको छ ।  कम्पनीको व्यवस्थापन खर्च ३० लाख ८३ हजारबाट बढेर १ करोड ५९ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जसका कारणले खुद नाफामा प्रभाव परेको देखिन्छ।
यो दोस्रो त्रैमासमा कम्पनीको खुद बिमा शुल्क भने ९५७.३२% ले वृद्धि गरि ३० करोड ९१ लाख १९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीको खुद बिमा शुल्क २ करोड ९२ लाख ३५ हजार रुपैयाँ रहेको थियो । कम्पनीले कुल १९ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड १८ लाख ३८ हजार रुपैयाँ रहेको छ । महाविपत्ति कोषमा १ करोड ८० लाख २१ हजार रुपैयाँ छुट्याएको छ । यस्तै, जीवन बीमा कोषमा ३२ करोड ८९ लाख ६६ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ १६ पैसा रहेको यस इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३१ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: