×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चोरीको बिजुली प्रयोग गरेर प्रधानमन्त्रीको भाषण, ‘देश समृद्धिको बाटोमा छ’

  • सुदुरपश्चिम ब्यूरो / अर्थ सरोकार डटकम 
कैलाली – बिजुलीको तारमा हुक लगाएर चोरिएको विद्युत प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा वलीले समृद्धिको भाषण गरेका छन् । सुदुरपश्चिमको प्रदेशको धनगढीमा आयोजना गरिएको नेकपाका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रममा सहभागी हुँदा ओलीले चोरीको बिजुली प्रयोग गरेर भाषण गरेका हुन् । नेकपाको प्रदेश कमिटीले आयोजना गरेको ‘सुदुरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला’ मा चोरीको बिजुली प्रयोग गरेर प्रधानमन्त्री ओलीले भाषण गरेको पाइएको हो । 
कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरुले भाषण गरेका थिए ।यता नेपाल विद्युत प्राधिकरण विद्युत् चुहावट नियन्त्रण महाशाखाका प्रमुख टेकनाथ तिवारी कार्यक्रम र सभा समारोहमा बिजुली हुकिङ गर्नु गैरकानुनी भएको बताउँछन् । नियम अनुसार प्राधिकरणका अनुसार अनुमतिविना नै बिजुली हुकिङ गर्दा उपयोग भएको बिजुलीको विल र जरिवाना आयोजकले तिर्नुपर्ने हुन्छ । अन्यथा कार्यक्रममा उपयोग भएको सामान पनि जफत गर्न सकिने प्रावधान छ । देशलाई उज्यालो बनाउने अभियानमा कुलमान घिसीङ लागिरहँदा केपी ओलीको यो कदमलाई कतिपयले आयोजकको कमजोरी भनेका छन् भने कतिपयले केपी ओली पुन: चिप्लिएको विश्लेषण गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: