आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जिवन वीमा सेवा लिन सकिने

काठमाडौँ - आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकहरुले कुनैपनि शाखाबाट आइएमई लाइफका सेवासम्बन्धि जानकारी तथा सेवा लिन सक्ने छन् । 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।
प्रकाशित : Wednesday, February 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal