×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालिका पावरको खुद नाफा २.४८% ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – कालिका पावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा ९ करोड ४ लाख ९६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २.४८% ले धेरै हो। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद नाफा ८ करोड ८३ लाख ५ हजार रुपैयाँ थियो ।
कम्पनीले बिजुली बेचेर १० करोड १४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा ९ करोड ४९ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 
कम्पनीको सयेर पुँजी ६० करोड रुपैयाँ छ । यता, जगेडा कोषमा ५१ लाख ८७ हजार ७६६ रुपैयाँ जम्मा गरेको छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: